६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष लामा एमालेमा प्रवेश

१२ माघ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गर्नु भएको छ।

सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको हो । अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताउनुभयो।

कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गर्नु भएको छ ।

प्रकाशित मिति : January 26, 2026 at 3:47 pm