१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम १६ अर्ब नाघ्यो

१२ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३.०७ अंकले घटेर २७६.०९ को बिन्दुमा बन्द भएको छ । सोमबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । यस दिन ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

आज हिमालयन पावर पार्टनरको सर्वाधिक सेयर काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हाे । आज ५ कम्पनीकाे सेयर मूल्यमा सकारत्म सर्किट लागेकाे छ । यस दिन एसवाइ प्यानल नेपाल, हिमस्टार उर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्यमा सकारत्म सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १५:१८