सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१२ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३.०७ अंकले घटेर २७६.०९ को बिन्दुमा बन्द भएको छ । सोमबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । यस दिन ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।
आज हिमालयन पावर पार्टनरको सर्वाधिक सेयर काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हाे । त्यस्तै, आँखु खोला जलविद्युतको ५६ करोड १६ लाख रुपैयाँ, मन्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख रुपैयाँ, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केबलकारको ४० करोड ५५ लाख रुपैयाँले कारोबार भएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १५:१६







