५ कम्पनीको सेयरमा सर्किट, कुनको मूल्य कति बढ्यो ?
१२ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३.०७ अंकले घटेर २७६.०९ को बिन्दुमा बन्द भएको छ । सोमबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । यस दिन ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो । आज ५ कम्पनीकाे सेयर मूल्यमा सकारत्म सर्किट लागेकाे छ । यस दिन एसवाइ प्यानल नेपाल, हिमस्टार उर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्यमा सकारत्म सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १५:११







