१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रदेश स्तरीय तालीम सम्पन्न

१२ माघ, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रदेश स्तरीय तालिम सम्पन्न गरेको छ।कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी प्रतिबन्ध (एएमएल/सीएफटी) सम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेश स्तरीय तालीम कैलालीको धनगढीमा सम्पन्न गरेको हो।

उक्त तालीममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले विज्ञ स्रोत व्यक्तिका रूपमा प्रशिक्षण दिएका थिए। कम्पनीको सो प्रदेशमा रहेका सवै शाखाका कर्मचारीहरूलाई सहभागिता गराइएको सो तालीममा नायब महाप्रवन्धक नवराज पराजुली, विभागीय प्रमुख सुर्दशन आचार्यले आवश्यकता र महत्वको वारेमा जानकारी गराएका थिए।

बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवम् रोकथाम र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून, प्राधिकरणबाट जारी निर्देशिका एवं निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १२:५८