१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

एनआरएन इन्फ्रास्ट्रक्चरले साढे ८ लाख कित्ता सेयर बिक्री गर्ने

१२ माघ, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेका हिमालयन पावर पार्टनर लिमिटेडका सेयर बिक्री गर्ने भएको छ । कम्पनीले हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने  भएको हो ।

कम्पनीको माघ १० र ११ गते सम्पन्न सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस र माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औँ बैठकको यो निर्णय लिइएको हो।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १२:४०