१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

अरुण भ्याली हाईड्रोपावरको अध्यक्षमा जीवनराज शाक्य चयन

१२ माघ, काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा जीवनराज शाक्य चयन हुनुभएको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले रमेश प्रसाद न्यौपानेलाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १०:२२