१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

गुराँस लघुवित्तको नाफा ७२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१२ माघ, काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

दोस्रो त्रैमाससम्ममा कम्पनीले ८ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ५ करोड ६४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ ।

१ करोड ९५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४८ पैसा रहेको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.१३ प्रतिशत पुगेको छ । १३ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपेयाँ १३ पैसा बढेर ४० रुपैयाँ २२ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.९८ गुणा रहेको छ।

प्रकाशित मिति : January 26, 2026 at 9:39 am