१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

एक जलविद्युत कम्पनीको नगद लाभांश बैंक खातामा जम्मा, तपाईकोमा आयो त ?

१२ माघ, काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिटिमेडले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनी पुस ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट आव २०८१/८२ को लागि पारित ४ प्रतिशतका नगद लाभांश (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर सहित) सेयरधनीहरुका बैंक खातामा जम्मा गरेकाे हाे ।

उक्त नगद लाभांश हितग्राही खाता (डिम्याट) मा बैंक खाता नं. अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ ६ गतेदेखि जम्मा गरिएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार ०९:०८