११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका चन्द्रबहादुर केसी निर्वाचित

११ माघ, दाङ । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फका उम्मेदवार केसी ५९७७ मतभार प्राप्त गरी विजयी हुनुभएको  हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मतभार प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १७:५१