राष्ट्रियसभा निर्वाचनः गण्डकीमा खुलाबाट कांग्रेसका जगत तिमिल्सिना निर्वाचित
११ माघ, पोखरा । राष्ट्रिय सभाको निर्वाचनमा गण्डकीकाे अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना निर्वाचित हुनुभएकाे छ । तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउनुभयाे ।
गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।
सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा तिमिल्सिनाले ७२ मतभार कम पाउनुभएकाे हाे ।
गण्डकीमा नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो ।
प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १७:३०






