सुदूरपश्चिमबाट राष्ट्रियसभामा एमालेकी लीला भण्डारी निर्वाचित
११ माघ, काठमाडाैं । राष्ट्रियसभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी विजयी हुनुभएकाे छ । भण्डारीले ३९९४ मत प्राप्त गर्नुभएकाे छ भने उहाँकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेत १६७५ मत ल्याउनुभएकाे छ ।
खुल्ला तर्फको गणना जारी छ ।
प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १७:२३






