राष्ट्रिय सभा निर्वाचनः कोसीको दलिततर्फ एमालेका सोमनाथ पोर्तेल निर्वाचित
११ माघ, काठमाडाैँ । राष्ट्रिय सभाको निर्वाचनमा कोसीमा दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित हुनुभएकाे हाे ।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सम्पन्न मतगणना अनुसार दलित क्लस्टरमा एमालेका सोमनाथ पोर्तेल ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै निर्वाचित हुनुभएकाे हाे। पोर्तेललाई (प्रदेश ६८ र स्थानीय तह २०१)जनाले मतदान गरेका थिए।
उहाँका प्रतिस्पर्धी खेम सुन्दासले २ हजार ३७ मतभार (प्रदेश १८ र स्थानीय तह ५७) प्राप्त गर्नुभयाे ।
नेकपा एमाले नेपाली कांग्रेस र जसपाबीच चुनावी गठबन्धन भएको थियो। कोसी प्रदेशमा रिक्त रहेका ३ पदमध्ये अन्य समूहबाट यसअघि नै नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसक्नुभएकाे छ ।
स्थानीय तहतर्फ २५८ जना र प्रदेशका ८७ जनाले मतदान गरेका थिए। प्रदेशमा एकजनाको मत बदर भएको छ।
प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १७:२०






