६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

सेयर बजारमा उच्च अंकको सुधार, ६ महिना यताकै उच्च कारोबार

११ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ काे बिन्दुमा बन्द भएकाे छ । यस दिन २४० कम्पनीकाे सेयरमूल्य बढेकाे छ भने १९ कम्पनीकाे मूल्य घटेकाे छ । एक कम्पनीकाे मूल्य स्थिर रहेकाे छ ।

आज ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । आज पछिल्लो ६ महिना यताकै उच्च कारोबार भएको हाे ।

आइतबार आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ४३ करोड ५९ लाख रुपैयाँको काराेबार भएकाे हाे ।

आज ९ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन एसवाइप्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दीपुर केवलकार, हिम स्टार उर्जा कम्पनी, मालिबुङ इनर्जी, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १५:२३