११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

आइतबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

११ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ काे बिन्दुमा बन्द भएकाे छ । यस दिन २४० कम्पनीकाे सेयरमूल्य बढेकाे छ भने १९ कम्पनीकाे मूल्य घटेकाे छ । एक कम्पनीकाे मूल्य स्थिर रहेकाे छ ।

आज ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । आज पछिल्लो ६ महिना यताकै उच्च कारोबार भएको हाे ।

आइतबार आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ४३ करोड ५९ लाख रुपैयाँको काराेबार भएकाे हाे ।

त्यस्तै, ग्रीन भेन्चर्सको ३९ करोड ७७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ३२ करोड रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३० करोड १४ लाख रुपैयाँ र बन्दीपुर केवलकारको २९ करोड ६ लाख रुपैयाँको  काराेबार भएकाे हाे ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १५:१८