११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

११ माघ, काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १३.७८ प्रतिशत घटेको छ । याे लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७ पैसा रहेको छ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ७ लाख रुपैयाँ सञ्चित छ।  समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६९ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७६.५१ गुणा रहेको छ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १४:५८