लगातार बढ्दै यी तीन कम्पनीको सेयर मूल्य
११ माघ, काठमाडाैं । पछिल्लो केही दिन यता सेयर बजारमा विभिन्न तीन कम्पनीकाे सेयर मूल्य बढीरहेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालै सूचीकृत भएका एसवाई प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रीज र हिम स्टार उर्जा कम्पनीको सेयर मूल्यमा केही दिन यता सकारात्मक सर्किट लागिरहेको छ ।
आइतबार मात्रै यी कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागि सकेको छ । गत मंसिर २८ मा नेप्सेमा एसवाई प्यानलको सेयर सूचीकृत भएको थियो । आज कम्पनीकाे सेयर मूल्य १८८१.५० रुपैयाँ पुगि सकेको छ । गत मंसिर ५ गते नेप्सेमा सूचीकृत भएको श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको सेयर मूल्य पनि आज १५३७.९० रुपैयाँ पुगिसकेको छ ।
साथै, गत भदौ १२ गते नेप्सेमा सूचीकृत भएको हिम स्टार उर्जाको सेयर मूल्य पनि यस दिन प्रतिकित्ता १०४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १४:४८






