भर्ने होइन त ? भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रो
११ माघ, काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भोलि माघ १२ गते सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० लाख कित्ता आईपीओ आयोजना प्रभावितलाई र १ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकको छ।
अब कम्पनीले बाँकी ९ लाख कित्तामध्ये २० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ८ लाख ३० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १३:३३






