११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउँछन् सेयर ?

११ माघ, काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएकाे छ । कम्पनीकाे आईपीओ भोलि माघ १२ गते साेमबार बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले  जनाएकाे छ ।

कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन मागभन्दा ३.८६ गुणाले बढी हो । आईपीओमा ८ लाख २० हजारले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १३:०३