आशिका तामाङको उम्मेदवारी फिर्ताको नाममा भ्रमपूर्ण प्रचार
९ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवार बन्नुभएकी आशिका तामाङको उम्मेदवारी कायमै रहेको छ । उम्मेदवारी फिर्ताको नाममा भ्रमपूर्ण प्रचार भइरहेको बेला तामाङले फेसबुक पेजमार्फत आफ्नो उम्मेदवारी फिर्ता नभएको बताउनुभएको हो ।
तामाङले आफू चुनाव जित्ने उद्देश्यसहित उम्मेदवारी दिएको उल्लेख गर्दै जनताको प्रतिनिधिका रूपमा निर्वाचित भएर आउने दृढ विश्वास व्यक्त गर्नुभएकाे छ। ‘हल्लाको पछि नलागौं। चुनाव जित्न उठेको मेरो उम्मेदवारी फिर्ता होइन, म जनताको प्रतिनिधि बनेर आउँछु,’ उहाँले भन्नुभएकाे छ ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १५:५२






