कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
९ माघ, कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ । अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १८ गते आइतबार दिनको १ः०० बजे प्रदेशसभा बैठक बोलाउन अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो । यसअघि छैटौँ अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो ।
प्रकाशित मिति : January 23, 2026 at 2:25 pm









