भूपेन्द्रजंग शाहीले फिर्ता लिए उम्मेदवारी
९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले उम्मेदवारी फिर्ता लिनुभएको छ। कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको उहाँले आज उम्मेदवारी फिर्ता लिनुभएको हो ।
पार्टीले टिकट नदिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १४:२२







