गोरखा-२ बाट बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको छ । गोरखा २ बाट उम्मेदवार हुनुभएको भट्टराईले आज उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो ।
उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १३:३०







