रुपन्देही–२ मा राप्रपाकी कर्भिका थापाले फिर्ता लिइन् उम्मेदवारी
९ माघ, बुटवल । रुपन्देही–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवास अनुमति (पीआर) परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था रहेको र सो अवधि पूरा नभएकाले उम्मेदवारी फिर्ता लिएको उहाँले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १२:३८







