मनाङमा उम्मेदवारी फिर्ता लिन एमाले र राप्रपाको निवेदन
९ माघ, काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिनुभएकाे छ । मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरूङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरूङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिनुभएकाे हाे ।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको कार्यसूची छ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १२:२०






