७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

थापाथलीस्थित आफ्नै भवनमा मन्जुश्री फाइनान्सको शाखा सञ्चालन

८ माघ, काठमाडाैं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो २८ औं शाखा थापाथलीस्थित आफ्नै भवनमा सुचारु गरेको छ । आफ्नै भवनमा केन्द्रिय कार्यालय संचालनमा ल्याए पछि, फाईनान्सले माघको ८ गते बिहीबारको दिनबाट थापाथलीस्थितको भवनमा आफ्नो थापाथली शाखालाई सञ्चालनमा ल्याएको छ ।

हालसम्म २७ वटा शाखा, तथा एक एक्सटेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आइरहेको मन्जुश्रीले ग्राहकहरुको माझ अझै नजिक हुन आफ्नो २८ औं शाखाको सेवा सुरुवात गरेको हो ।

पुस मसान्तसम्ममा फाईनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २०.०३ रुपैयाँ रहेको छ।

पुस मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको यस फाईनान्सले ग्राहक सेवा तथा डिजिटल बैंकिंगमा अग्रसर रही हालै आफ्ना ग्राहकहरुका लागि फोनेपेसँगको सहकार्यमा मन्जुश्री फ़ोनेपे भर्चुअल क्रेडिट कार्ड सेवाको पनि सुरुवात गरेको छ ।

प्रकाशित मिति : January 22, 2026 at 5:09 pm