८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

एसियाली बैंकबाट २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

८ माघ, काठमाडाैं । सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पोखरा सडक सुधार आयोजनाका लागि २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकाे हाे ।

 बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकको दुई ‘मिलियन अमेरिकी डलर’ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हाे ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १७:०२