जाँचबुझ आयोगको म्याद २० दिन थप
८ माघ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेकाे हाे ।
यसअघि आयाेगकाे गठन गर्दा ३ महिनाभित्र घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार गर्न समय दिइएकाे थियाे । तर ताेकिएकाे समयमा काम नसकिएपछि दाेस्राेपटक म्याद थप गरेकाे हाे ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १६:४१






