८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

९.२३ अंकले बढ्याे नेप्से, कारोबार रकममा पनि वृद्धि

८ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.२३ अंकले बढेर २७१४.६१ को बिन्दुमा बन्द भएको छ । आज १६२ कम्पनीकाे सेयरमूल्य बढेकाे छ भने ८८ कम्पनीकाे मूल्य घटेकाे छ । साथै, १० कम्पनीकाे सेयरमूल्य स्थिर रहेकाे छ ।

आज ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो । आज ४ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन एसवाई प्यानल, श्रीनगर एग्रोटेक, त्रिशुली जलविद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । आज आखुँ खोला जलविद्युत कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको हाे । कालिका पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत घटेको छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १५:२४