अन्तिम कारोबारको दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार
८ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.२३ अंकले बढेर २७१४.६१ को बिन्दुमा बन्द भएको छ । आज १६२ कम्पनीकाे सेयरमूल्य बढेकाे छ भने ८८ कम्पनीकाे मूल्य घटेकाे छ । साथै, १० कम्पनीकाे सेयरमूल्य स्थिर रहेकाे छ ।
आज ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो । आज आखुँ खोला जलविद्युत कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको हाे ।
त्यस्तै, यस दिन मन्जुश्री फाइनान्सको ३५ करोड ८१ लाख रुपैयाँ, एसवाई प्यानलको ३२ करोड ९७ लाख रुपैयाँ, बन्दीपुर केबलकारको २८ करोड २६ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १५:१३






