१४ कार्तिक २०८३, शुक्रबार | Sat Oct 31 2026

आरएसडिसी लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

८ माघ, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६९.४८ प्रतिशत बढेको छ। याे अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ।

१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ १५ पैसा रहेको छ।

प्रकाशित मिति : January 22, 2026 at 12:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/