राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा
८ माघ, काठमाडाैं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ।
उक्त नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५५ रुपैयाँ बोनस प्रति हजारका दरले दिने भएको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सबै किसिमका जीवन बीमालेखहरू अन्तर्गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा यही बोनस दर निर्धारण गरिएको कम्पनीले जनाएकाे छ ।
साथै जीवन बन्धु (२) र राष्ट्र सेवक (आरएसके) बीमालेखको हकमा आर्थिक वर्ष २०८०/८१ सम्म र आर्थिक वर्ष २०८१/८२ का लागि क्रमशः प्रतिवर्ष प्रतिहजार बीमांकमा ६५ रुपैयाँ र ६० रुपैयाँ बोनस दर रहेको जनाएको छ। साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनसदर यही बमोजिम कायम गरिएको पनि कम्पनीले जनाएको छ।
प्रकाशित मिति : January 22, 2026 at 10:15 am









