७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

प्रिमियर डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

७ माघ, काठमाडाैं । प्रिमियर डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।

यस सम्बन्धमा माघ ६ गते काठमाडाैंकाे थापाथलीस्थित प्रिमियर डिष्टिलरी लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नुभयाे ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १७:३५