माविलुङ्ग इनर्जीको ७५ हजार कित्ता सेयरको लकइन अवधि फागुनमा सकिँदै
७ माघ, काठमाडौं । माविलुङ्ग इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयरको लकइन अवधि आगामी फागुन ८ गते समाप्त हुने भएको छ। कम्पनीको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कुल ७५ हजार २३६ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो।
कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणका लागि सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको सो सेयरको अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।
प्रकाशित मिति : January 21, 2026 at 11:56 am









