परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : सभापति थापा
७ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताउनुभएकाे छ । सभापति थापाले फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दर्तापछि पार्टी पंक्तिलाई यस्तो बताउनुभएकाे हाे ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘हामी परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।’ सभापति थापा सर्लाही ४ बाट चुनाव लड्दै हुनुहुन्छ। थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिँएकाे छ।
प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १२:४२






