सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड
७ माघ, काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड गरिएको छ । कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको हो ।
यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड इकाई बिक्रीमा आएको थियो। जसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो।
सर्वसाधारणका लागि पुस ४ गतेदेखि पुस १८ गतेसम्म इकाई बिक्री खुला गरिएकोमा मागभन्दा बढी मात्रामा आवेदन परेपछि योजनाको आकार २५ प्रतिशत वृद्धि गरी १२ करोड ५० लाख इकाई कायम गरी माघ ४ गते बाँडफाँड गरिएको हो। यसको योजना व्यवस्थापक/धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : ७ माघ २०८२, बुधबार ११:२९






