१४ लाख कित्ता आईपीओ निष्कासन गर्दै सुप्रिम हेल्थकेयर
७ माघ, काठमाडाैं । सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हाे । कम्पनीको आईपीओ बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १०:०९









