७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

१५ प्रतिशतले बढ्यो मञ्जुश्री फाइनान्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

७ माघ, काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १३.८१ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने ५ करोड ९९ लाख रुपैयाँबाट बढेर ५ करोड ८७ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको सञ्चालन नाफा १८ करोड १९ लाखबाट बढेर १९ करोड ३७ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ। कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ३.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.६४ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी(ईपीएस) २ रुपैयाँ ७१ पैसा बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३९.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार ०९:५०