२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एक इन्स्योरेन्स कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईको आयो त ?

७ माघ, काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीकाे माघ ६ गते सम्पन्न ३२ औँ वार्षिक साधारण सभाबाट पारित गरेकाे गत आर्थिक वर्ष २०८१/८२ काे लागि ८ प्रतिशत नगद लाभांश (कर सहित)  माघ ६ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएको मितिसम्म कायम सेयरधनीरुको खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : January 21, 2026 at 9:10 am