रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी
६ माघ, काठमाडौं । ष्ट्रिय स्वतन्त्र पर्टीका सभापति रवि लामिछानेले वारेसनमा मार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको हाे ।
उहाँले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।
लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहनुभएको छ । लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको हो ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १७:००









