६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

माधव नेपालले रौतहट-१ बाट गराए उम्मेदवारी दर्ता

६ माघ, रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहनुभएको उहाँका स्वकीय सचिव लक्ष्मण रेग्मीले राससलाई जानकारी दिनुभयो । यसअघिको निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री नेपाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहसंयोजक नेपालले “नेपाली जनताले भोग्दै आइरहेको गरिबी, बेरोजगारीलगायतका समस्या अन्त्य गर्ने र त्यसका लागि आवश्यक सबै प्रबन्ध गर्ने, युवालाई रोजगारी र सीप उपलब्ध गराउने, देशको अर्थतन्त्रलाई चलायमान बनाउने सोचका साथ उम्मेदवारी दिएको हुँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १६:०४