६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

चुनावी माहोलले बढायो सेयर बजार, नेप्से र कारोबार रकम उच्च अंकले बढ्यो

६ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरीयाली छाएकाे छ । मुलुकमा चुनावी माहोल बढेसँगै यस दिन सेयर बजार तातेको हो। फागुन २१ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन सेयरबजारले त्यसलाई सकारात्मक प्रतिक्रिया दिएको छ। यस दिन नेप्से ४२.२६ अंकले बढेर २७१४.८१ काे बिन्दुमा बन्द भएकाे छ । मंगलबार २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीकाे सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको हो । आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन गोर्खाज फाइनान्सको सेयरमा सकारात्म सर्किट लागेकाे छ । १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य यस दिन ४.२३ प्रतिशत घटेको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १५:२१