७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

सेयर बजारमा हरीयाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

६ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरीयाली छाएकाे छ । यस दिन नेप्से ४२.२६ अंकले बढेर २७१४.८१ काे बिन्दुमा बन्द भएकाे छ । मंगलबार २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीकाे सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको हो । आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ४० करोड ७९ लाख रुपैयाँकाे काराेबार भएकाे छ । त्यस्तै, राधि विद्युत कम्पनीको ३९ करोड तीन लाख रुपैयाँ, मन्जुश्री फाइनान्सको ३७ करोड सात लाख रुपैयाँ र एसवाई प्यानलको २६ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १५:११