लाभांश पारित गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न
६ माघ, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । कम्पनीकाे ३२ औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हाे।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। साथै सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:५७









