यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओमा रिजाल नियुक्त
६ माघ, काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रेना रिजाल नियुक्त हुनुभएकाे छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ ५ गतेदेखि लागू हुनेगरी रिजाललाई निमित्त सीईओ नियुक्त गरेकाे हाे ।
उक्त बैठकले कम्पनीका सीईओ कमल गौतमको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि रिजाललाई निमित्तको जिम्मेवारी प्रदान गरेको कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:३५









