६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

निर्वाचन रोक्न माग गरेको पूर्णबहादुर खड्कको रिट सुनिल पोखरेलको इजलाशमा

६ माघ, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै पूर्णबहादुर खड्का लगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि नेपाली कांग्रेस निकटकै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलाशमा परेको छ ।

रिट सुनवाइको रोलक्रममा पाँचौ नम्बरमा रहेको छ । विशेष महाधिवेशनको नेतृत्वला लाई वैधता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै रिट दायर भएको थियो । आज देशैभर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भैरहेको छ ।

पोखरेल नेपाली कांग्रेसको कोटामा न्यायाधीश बनेको र विगतमा नेपाल बारमा महासचिव पनि कांग्रेसकै कोटामा भएको कारण उहाँले मुद्दा हेर्न नमिल्नेमा राख्न सक्ने अनुमान पनि छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:४८