२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

७५ रुपैयाँमै प्रभु स्टील्सको ४३ लाख कित्ता सेयर बिक्रीमा

६ माघ, काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले कात्तिक ९ देखि मंसिर १५ गतेसम्म निष्काशन गरी बाँकी रहेको अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले १ः१.३४ को अनुपातमा प्रतिकित्ता ५० रुपैयाँका दरले हकप्रद सेयर बिक्री खुला गरी बाँडफाँड गरेकोमा ४३ लाख १७ हजार ५० कित्ता सेयर बाँकी बसेको थियो। सोही बाँकी रहेकाे सेयर प्रतिकित्ता न्यूनतम ७५ रुपैयाँमै लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री गर्न लागेको हो।

इच्छुक सबै व्यक्ति वा संघसंस्थाहरूले बोलपत्र पेश गर्न सक्नेछन्। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । बोलपत्र आवेदन फाराम काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा १०० रुपैयाँ तिरेर प्राप्त गर्न सक्नेछन्। बोलपत्र आज माघ ६ गतेदेखि माघ २० गतेसम्म पेश गर्न सकिनेछ।

प्रकाशित मिति : January 20, 2026 at 11:35 am