म्याग्दीमा महाविर पुनलाई एमालेका जनप्रतिनिधिकै समर्थन
६ माघ, म्याग्दी । म्याग्दीमा वैज्ञानिक महावीर पुनका लागि एमालेका जनप्रतिनिधिकै समर्थन प्राप्त हुन थालेको छ । मंगलबार प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको पुनका लागि एमालेका स्थानीय जनप्रतिनिधि खुल्न थालेका छन ।
पुनको उम्मेदवारी दर्ताको समाचार बाहिरिए लगत्तै अन्नपूर्ण गाउपालिका वडा नम्बर ७ का अध्यक्ष माइलन पुर्जा पुनले महावीरका निम्ति समर्थन जनाउनुभएको छ । अन्य धेरै जनप्रतिनिधिले पनि समर्थन दिने बुझिएको छ ।

माइलनले यसअघि युवा नेता प्रकाश पाैडेलले एमालेबाट टिकट पाउनुपर्ने भन्दै सार्वजनिक रूपमा पैरवी गरिरहनुभएको थियो । मंगलबार पुनको उम्मेदवारी दर्तासँगै उहाँले महावीरको नाममा समर्थन जनाउनुभएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:२५









