महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
६ माघ, म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएको महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उहाँले जिल्ला निर्वाचन कार्यालय म्याग्दी पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

म्याग्दीबाटै मन्त्रीको राजीनामा पठाउनुभएको पुनले अब किताब बेच्दै चुनाव प्रचार गर्ने योजना बनाउनुभएको छ । उहाँको उम्मेदवारीमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेर उम्मेदवारी नदिने बुझिएको छ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:११









