६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

हाइल्याण्ड डिष्टिलरीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

६ माघ, काठमाडौं । हाइल्याण्ड डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते बुधबार काठमाडौंको हात्तिसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले प्रचलित धितोपत्र सम्बन्धी कानूनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई छुट्याइएको सेयरको प्रिमियम मूल्यमा वा बूक बिल्डिङ्ग विधि मार्फत् वा अंकित मूल्यमा सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र सो सम्बन्धी कार्य गर्न तथा गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव सभाले पारित गर्नेछ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:३९